• शनिबार, साउन ९ २०८३

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा आधा परीक्षार्थी फेल


आइतबार, मंसिर १७ २०८०
1.6K
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी फेल भएका छन् ।

काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताए । उनले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताए ।

काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार