• सोमबार, साउन ११ २०८३

कालिखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध


बुधबार, असार ३ २०७७
1.8K
Shares

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो जाँदा यातायात सञ्चालन हुन सकेका छैनन्।

अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएका छन्।

वर्षातको समयमा हरेक वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ। काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार