• शनिबार, साउन ९ २०८३

त्रिभुवन विमानस्थलभित्र विदेशी यात्रुको झोलामा पावर बैंक विष्फोट भएपछि…


आइतबार, मंसिर १७ २०८०
1.6K
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको छ ।

आइतबार दिउँसो १ बजेको समयमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको हो । पावर बैंक विष्फोट भएपछि झोलामा आगलागी भएको थियो । एक्कासी पावर बैंक विष्फोट भएपछि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खैलाबैला मच्चिएको थियो ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लागेको आगोले सामान्य क्षति पुगेको थियो । आगो केही बेरमै नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य रहेको विमानस्थलले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार