• शनिबार, साउन ९ २०८३

गण्डकीमा एकै गाउँका १४ सहित थप २१ मा कोरोना पुष्टि


बुधबार, असार ३ २०७७
935
Shares

गोरखा । गण्डकी प्रदेशमा थप २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति जारी गर्दै नवलपरासीका १८ र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टि गरेकाे हो।

जसमा नवलपरासीको हुप्सेकोटमा एकै स्थानका १४ जनामा संक्रमण देखिएको निर्देशक विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

यो सँगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार