• शनिबार, साउन ९ २०८३

काठमाडौँ महानगरपालिकालाई चाहियाे २३० कर्मचारी


शनिबार, मंसिर १६ २०८०
1.2K
Shares

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज सूचना प्रकाशित गरी महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि २१ सुपरीवेक्षक र २०९ गणक गरी २३० जना कर्मचारी माग गरेको हो ।

महानगरले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई पुस ६ गतेसम्म महानगरपालिकाको वेब साइट मार्फत दरखास्त दिन सकिने जनाएको छ । दरखास्तका लागि कुनै शुल्क नलाग्ने पनि महानगरले उल्लेख गरेको छ । करार अवधि पाँच महिनाको हुनेछ ।

महानगरले महानगरपालिकाको बासिन्दा, सोही प्रकृतिको जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा १ महिनाभन्दा बढी अवधि काम गरेको तथा विगतमा यही कार्यक्रमबाट छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिने भनेको छ ।

सुपरीवेक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।

यस्तै गणकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुने पर्ने छ ।

सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रुपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। यस्तै, गणकले मासिक  ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक र २ हजार रुपैयाँ इन्टरनेट खर्च पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार