• शनिबार, साउन ९ २०८३

प्रहरीको ७ एसपी बन्न १२ जना डीएसपी प्रतिस्पर्धामा, वरीयतामा माथि हुने बन्लान् कि चलखेल गर्ने?


शुक्रबार, मंसिर १५ २०८०
9.4K
Shares

प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीमा ७ प्रहरी उपरीक्षक (एसपी) पद रिक्त छ। पाँच एसपी बढुवा भएर (प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएसँगै रिक्त पद संख्या ७ पुगेको हो। यतिबेला प्रहरी प्रधान कार्यालय रिक्त एसपी पद पूर्तिको तयारीमा लागेको छ। ७ एसपी बन्नका लागि एक दर्जन प्रहरी नायब उपरीक्षक (डीएसपी) बीच प्रतिस्पर्धा चलेको छ।

बढुवाका लागि मापदण्ड पनि बनाइएको छ। तर, प्रहरीमा बढुवाका लागि कहिले काहीँ मापदण्डभन्दा बढी राजनीतिक चलखेलले पनि काम गर्ने गरेको विगत छ। नियमावलीअनुसार कार्यदक्षता, कार्यसम्पादन, यसअघिको बढुवा, भर्ना वरीयता, नेतृत्व क्षमता, कार्य अनुभवलगायतका मापदण्डअनुसार बढुवा हुनुपर्ने हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अहिले यो मापदण्ड नपछ्याएको आरोप पनि लागेको छ। एसपीबाट एसएसपी बढुवा निकाल्दा उनीमाथि यस्तो आरोप लागेको हो।

वरीयताअनुसार प्रदीप क्षेत्री, अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे (क)सहित १२ जना डीएसपीहरू एसपी बन्न प्रतिस्पर्धामा छन्।

वरियतामा क्षेत्री, जीसी, खतिवडा, ढकाल, ओलिया, रञ्जितकार, भट्ट अघिल्लो सात नम्बरमा छन्। तर केही अधिकारीले अहिले वरीयतामा पछाडि रहे पनि बढुवाका लागि चलखेल गरिरहेको बताएका छन्।
सरुवा बढुवाका लागि प्रहरीको मापदण्ड भए पनि राजनीतिक दबाबका कारण वरीयतामा पछि रहेकाहरू पनि बढुवामा अगाडि हुने गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार