• शनिबार, साउन ९ २०८३

प्रभु बैंक बन्यो बैंक अफ दि इयर–२०२३


शुक्रबार, मंसिर १५ २०८०
2.5K
Shares

काठमाडौं । ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकले प्राप्त गरेको छ । बेलायतको लण्डनबाट स्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’बाट प्रभु बैंकलाई सम्मान गरेको हो ।

नेपालका वाणिज्य बैंकमध्ये विभिन्न सुचकमा सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गरेको भन्दै अवार्ड प्रदान गरेको दि बेंकरले जनाएको छ ।

बिहीबार बेलायतमा आयोजित समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र बैंकका सीईओ अशोक शेरचनले ‘बैंक अफ दि इयर २०२३’ अवार्ड ग्रहण गरे ।

मोवाइल बैंकिङ्ग, लघु उद्यम, अन्य बैंकसंगको सम्बन्ध, कार्यसम्पादन लगायतमा उत्कृष्ठता प्रदर्शन गर्दै सेवा ग्राहिलाई दिएको वित्तिय सेवाको प्रसंसा गर्दै सम्मान गरेको फाइनान्सियल टाइम्सले जनाएको छ ।

अवार्ड प्राप्त गरेकोमा प्रमुख कार्यकारी अधिकृत शेरचनले खुसी व्यक्त गर्दै प्रभु बैंकले दिने सेवामा थप हौसला पुग्ने विश्वास व्यक्त गरे ।

‘दि बैकर’ले विश्वभरका १२० भन्दा बढी देशका बैंकमध्ये हरेक देशबाट एउटा उत्कृष्ट बैंक छनौट गरी हरेक बर्ष अवार्ड प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार