Nepal's Sagar Thapa (R) vies with Afghanistan's Mustafa Azadzoy (L) during their SAFF Championships semi-final football match in Kathmandu on September 8, 2013.Afghanistan won 1 to 0. AFP PHOTO / Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP via Getty Images)
राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ६ खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
म्याच फिक्सिङ गरेको भन्दै राज्यविरुद्धको अपराध आरोप लागेका सागर थापासहित ६ जनाले मंगलबार सर्वोच्च अदालतबाट सफाइ पाएका हुन्।
न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले पूर्वकप्तान थापासहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिने यसअघिको विशेष अदालतको निर्णय सदर गरेको हो।
उनीहरुलाई २०७५ जेठ २४ गते सोही अभियोगमा निर्दोष रहेको ठहर गर्दै विशेष अदालतले सफाइ दिएको थियो। यद्यपि सरकारी पक्ष २०७५ मंसिर २० गते सर्वोच्चमा मुद्दा पुनरावेदनमा गएको थियो।
म्याच फिक्सिङको आरोप लागेका उनीहरुलाई २०७६ कात्तिकमा जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। उनीहरुमाथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आजीवन प्रतिबन्ध लगाएको छ।