• शनिबार, साउन ९ २०८३

एनसेलबाट किन बाहिरिदैछ एक्जियटा ग्रुप ?


बुधबार, मंसिर १३ २०८०
2.3K
Shares

नेपाली निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा लगानी गरेको मलेसियन कम्पनी एक्जियटा ग्रुप आम्दानी घट्दै गएपछि बाहिरिने भएको छ। उसले एनसेलमा रहेको ८० प्रतिशत शेयर बिक्री गर्ने जनाएको छ।

२०७२ सालमा टेलिया सोनेराको सेयर लिएर एनसेलमा लगानी गरेको एक्जियटा ग्रुपले सुरुका वर्षहरुमा आक्रामक मुनाफा आर्जन गरेको थियो। तर, पछिल्ला केही महिनादेखि उच्च मुनाफामा गिरावट आउन थालेपछि एक्जियटा ग्रुपले बुधबार विज्ञप्ति जारी गर्दै एनसेलबाट हात झिक्ने निर्णय गरेको जनाएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा एनसेलको वार्षिक आम्दानी ६.४५ ले घटेको उल्लेख छ। कर अघिको आम्दानी ११.४ प्रतिशतले घटेको छ भने कर तिरेपछिको आम्दानी ४७.७ प्रतिशतले घटेको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार एनसेलका ग्राहक घटेको देखिन्छ।

२०७९ चैतमा १ रकोड ३४ लाख ग्रहाक रहेकोमा २०८० असारमा आउँदा १ करोड ३२ लाखमा सिमित भएका छन्। अर्थात ३ महिनामा २ लाख ग्राहक घटेका थिए।

मलेसियन दूरसञ्चार समूह एक्जियटा २०७२ मा नेपालमा भित्रिएको थियो।  एक्जियटाले टेलिया सोनराको सेयर खरिद गरी एक्जियटा नेपालमा भित्रिएको थियो।

एक्जियटाले विश्वका विभिन्न ६ वटा मुलुकमा दूरसञ्चार सेवा दिँदै आएको छ। नेपालमा एनसेल ब्रान्ड सञ्चालन गरेको एक्जियटा ग्रुपले इन्डोनोसियामा एक्सएल एक्जियटा, श्रीलंकामा डाइलग, बंगलादेशमा रोबी, कम्बोडियामा स्मार्ट, र मलेसियामा सेलकोम डिजी सञ्चालन गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार