• शनिबार, साउन ९ २०८३

देशभरीका कारागारमा योग शिविर चलाइने


मंगलबार, मंसिर १२ २०८०
1.1K
Shares

काठमाडौं– स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउन देशभरीका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो ।

एक महिनाभित्रै नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने भएको छ ।

नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०/७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार