• शनिबार, साउन ९ २०८३

हमास र इसराइलबीच गजामा थप दुइ दिन युद्धविराम गर्ने सहमती

हमासले अहिलेसम्म छाड्यो ६९ बन्धक, परेनन् विपिन


मंगलबार, मंसिर १२ २०८०
1.4K
Shares

काठमाडौं । हमास र इसराइल बिच गजामा थप दुई दिन युद्धविराम गर्ने सहमति भएको छ ।

यसअघि चार दिनका लागि गरिएको युद्धविराम सोमबार सकिएलगत्तै हमास र इसराइलबीच गजामा थप दुई दिन युद्धविराम गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युद्धविरामको चार दिनमा हमासले ६९ बन्धकलाई छाडेको छ। भने इसराइलले पनि १५० प्यालेस्टिनियन कैदीहरूलाई मुक्त गरेको छ । पछिल्लो सहमति अनुसार दुई दिनको युद्धविराम अवधिमा हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धकमुक्त गर्नेछ भने इसराइलले पनि प्यालेस्टिनियन कैदीहरूलाई छोड्ने छ ।

इसराइलले सोमबार ११ बन्धक मुक्त गरेको थियो। सोहिदिन इसराइलले ३३ कैदीबन्दीलाई जेलमुक्त गरेको छ।

सोमबार हमासले बन्धक मुक्त गरेकाहरुमा ३ जना फ्रान्सका, २ जना जर्मनका र ६ जना अर्जेन्टिनाका नागरिक रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हमासले बन्धक बनाएकाहरुमा नेपालका विपिन जोशी पनि रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार