• शनिबार, साउन ९ २०८३

८० प्रतिशत नर्स अयोग्य, नर्सिङ पढाइको गुणस्तरमाथि नै प्रश्नचिह्न खडा

१९ दशमलव ३४ प्रतिशत मात्रै उत्तीर्ण


मंगलबार, मंसिर १२ २०८०
1.8K
Shares

काठमाडौँ । लाइसेन्सका लागि भएको परीक्षामा ८० प्रतिशत भन्दा बढी नर्सहरू फेल भएका छन् ।

नेपाल नर्सिङ परिषदले लाइसेन्सका लागि लिएको यस वर्षको परीक्षामा ८० प्रतिशत नर्सहरु अनुत्तीर्ण भएका हुन् । नर्सको ३४औँ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक हुँदा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका हुन् ।

शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नेपालमा नर्सिङ पढाइको गुणस्तरमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।

परिषदका अनुसार पीसीएल नर्सिङतर्फ १ हजार २ सय ७० जना सहभागी भएका थिए । तीमध्ये २ सय ४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार