गाेरखा । गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या २ सय २३ पुगेको छ | प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार बिहान थप १८ जनामा संक्रमण पुष्टि भएकाे छ ।
मंगलबार बिहान पुष्टि हुनेमा गाेर्खाका १० सहित कास्कीका १, स्याङ्जाका ४, नवलपुरका २ र बागलुङका १ जना छन् ।
हालसम्म गण्डकीका ९ जिल्लामा संक्रमण देखिएकाे छ । स्याङ्जाका १ पुरुषकाे काेराेनाकै कारण मृत्यु भएकाे छ ।
