बुढीगण्डकी नदी साथै दाँयाबायाँ गोरखाकाे आरुघाट र धादिङकाे त्रिपुरासुन्दरी क्षेत्र । तस्विर: प्रदिपराज वन्त/ प्रधानमन्त्रीकाे सचिवालय
काठमाडौं। सरकारले बुढीगण्डकी जलविधुत आयोजनामा लगानीका लागि विदेशीसँग आग्रह गर्ने भएको छ।
देशभित्रको स्रोतबाट सम्भव नहुने देखेपछि सरकारले बुढिगण्डकी आयोजनामा लगानीका लागि विदेशीहरुसँग आग्रह गर्ने भएको हो।
१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले २०७३ देखि पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँका दरले पूर्वाधार कर उठाउँदै आएको छ।
यो आयोजना अगाडि बढाउन सरकारले कम्पनी स्थापना गरेपनि स्रोत जुटाउन नसकेका कारण निर्माण अघि बढ्न सकेको छैन। बुढीगण्डकी आयोजनाका लागि करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
त्यस्तै कर्णाली चिसापानी जलविद्युत आयाेजना तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लगानीका लागि सरकारले विदेशीलाई नै गुहार्ने भएकाे छ ।
सरकारले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानीको विस्तृत अध्ययनको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिएको छ।
आगामी वैशाख ९ र १० गते गर्ने तयारी रहेको तेस्रो लगानी सम्मलेनमा सरकारले यी तीन आयोजनालाई मुख्य प्राथमिकतामा राख्न लागेको छ। ठूला आयोजनामा स्रोत जुटाउनकै लागि सरकारले लगानी सम्मेलन गर्न लागेको हो।