• शनिबार, साउन ९ २०८३

क्यानडाको राजदूतमा पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन


आइतबार, मंसिर १० २०८०
895
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा भरतराज पौडेलको नाम अनुमोदन गरेको छ ।

समितिको आइतबारको बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालसंगको सुनुवाइपछि उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । उनको सचिवको कार्यकाल यही मंसिर २० गते सकिँदैछ ।

गत कात्तिक ३ को मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतका लागि सिफारिस गरेको थियो । अब राष्ट्रपतिले उनलाइ राजदूतमा नियुक्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार