काठमाडौं । स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना ( १९.३४ प्रतिशत) मात्रै पास भएका छन् ।