• शनिबार, साउन ९ २०८३

युद्धविरामको दोश्रो दिनसम्म हमासद्वारा ४१ बन्धक रिहा, नेपालका विपिनको अवस्था अझै अज्ञात


आइतबार, मंसिर १० २०८०
1.4K
Shares

काठमाडौं । इजरायल र प्यालेस्टिनी समूह हमासबिच भएको युद्धविरामको दोश्रो दिन सम्म हमासले ४१ जना बन्धकलाई रिहा गरेको छ । बदलामा इसराइलले ७८ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको छ ।

नेपालका विपिन जोशीकाे अवस्था अझै अज्ञात छ । दोश्रो दिनसम्म हमासले रिहाइ गरेकोको सूचीमा उनकाे नाम छैन ।  उनि हमासको नियन्त्रणमा रहेको जनाइएको छ ।

युद्धविरामको घोषणापछि दोश्रो दिन शनिबार हमासले १७ बन्धकलाई रिहा गरेको छ । जसमा १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको जनाइएको छ । बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ ।

पहिलो दिन शुक्रबार हमासले २४ बन्धक रिहाइ गरेकाे थियाे जसमा १३ इसराइली, १० थाई र एक फिलिपिनो रहेकाे अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पहिलो दिन इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार