काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएको सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयका नाममा बिहीबार आदेश दिएको छ ।
टीकापुर घटनामा मुख्य योजनाकारका रुपमा दोषी ठहर गरी कैलाली जिल्ला अदालतका साथै दिपायल उच्च अदालतले गरेको फैसला सर्वोच्चले समेत गत जेठ २ गते सदर गरेको थियो ।
कैद भुक्तान गरिरहेका चौधरीलाई जिल्ला र उच्चको फैसला सर्वोच्चले सदर गरेको १३ दिन पछि गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएसंगै १५ गते रिहा गरेको थियो ।
आममाफीको निर्णय बिरुद्ध सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् ।