काठमाडौं। काठमाडौं महानगरपालिकाले मागेको ७१ प्रधानाध्यापक पदमा १५० वटा आवेदन परेको छ ।
महानगरले माग गरेको आधारभूत तह (१-५) ६ वटा पदको लागि ११ वटा, आधारभूत तह (१-८) २२ पदको लागि ३१ वटा र माध्यामिक तहको ४३ पदको लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको हो ।
तर तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न काठमाडौं महानगरलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट करारमा पाँच वर्षको लागि प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै १७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।