काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन् ।
परराष्ट्रमन्त्री साउदकाे निमन्त्तणामा नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् ।
भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेकाे स्वकिय सचिव दिपक कुमार जाेशीले सिभिलखबरलाई बताए ।
हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको उनले बताए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् ।
भेटका क्रममा कतारका राजाले नेपाल भ्रमण गर्ने भनिएपनि कार्यक्रम स्थगित भएकाे विषयका बारे समेत छलफल भएकाे बताइएकाे छ ।
यस बिषयमा समेत कतारका विदेश राज्यमन्त्री तत्काल यस बिषयलाई अघि बढाउने र छिट्टै राजाकाे भ्रमण गराउने बताएकाे साउदका स्वकिय सचिव जाेशीले बताए ।
त्यस्तै उनीहरुबीच रोजगारी, ब्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।
