काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना बिहिवार विहान मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, श्रीमती भिमा गुरुङ र उनीहरुका छोरा ११ वर्षीय आयुष गुरुङको शव घरमै फेला परेकाे हाे ।
टिकाराम घरको दलिनमा झुण्डिएको अवस्थामा र भिमा र आयुष शव खाटमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
छिमेकिका अनुसार गएराति घरमा बिबाद भएपछि ६ बर्षीया छोरीलाई टिकारामले छिमेकि काहाँ पुर्याएका थिए । उनि सकुशल छिन् ।
मृत्युको कारण खुलेको छैन । श्रीमती र छोराको हत्या गरेपछि टिकाराम आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनका अनुसार शवको मुचुल्का उठाइ थप अनुसन्धानको लागि पोष्टमार्टम गर्न अस्पताल पठाएको छ ।