• सोमबार, साउन ११ २०८३

गण्डकीको बजेटमा के–के छन्, प्राथमितामा ? (बजेटको पूर्ण पाठसहित)


सोमबार, असार १ २०७७
740
Shares

गोरखा । गण्डकी प्रदेश सरकारले आव २०७७–०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।

सो बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार विनियोजन भएको छ । पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको अर्थमन्त्री गुरुङले जानकारी दिए । वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको सुनाए ।

त्यस्तै प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आव २०७७/०७८ को बजेटमा प्रदेश भित्रका सडक निर्माणका लागि ६ अर्ब १७ करोड ३ लाख बजेट विनियोजन गरेको छ । बजेटमा प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको केन्द्र जोड्ने सडक र विभिन्न सडक निर्माण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको उल्लेख छ ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम प्रदेश सरकारको हो । प्रदेशले उक्त योजनालाई महत्वका साथ निरन्रतता दिँदै आएको छ । प्रदेशमा ३६ निर्वाचन क्षेत्रमा सो कार्यक्रम लागु भइरहेको छ । सञ्चालनमा रहेका विभिन्न सडकको मर्मत सम्भारका लागि २४ करोड ५५ लाख विनियोजन भएको अर्थमन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै सरकारले प्रदेशभर १ सय ४४ पुल निर्माण सम्पन्न र ६३ वटा थप गर्ने जनाएको छ । आगामी २ वर्षभित्र प्रदेश लोकमार्ग र अन्य सडकमा क्रमागत १ सय ४४ पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरेको छ ।

६३ स्थानमा नयाँ पुल थपका लागि अध्ययन गरी आगामी आवबाटै काम थाल्न १ अर्ब २५ करोड ६२ लाख विनियोजन गरेको अर्थमन्त्री गुरुङले उल्लेख गरे । सडक, पुल लगायतका पूर्वाधारका कार्यक्रमलाई निरन्तरता दिइएको बजेटमा आरुघाट–सिर्टिबास–रुइला भन्ज्याङ सडक निर्माण समावेश गरिएको छ ।

बजेटकाे पूर्ण पाठका लागि तलकाे लिङ्कमा क्लिक गर्नुहाेला ।

https://civilkhabar.com/wp-admin/post.php?post=6964&action=edit

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार