काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल यमन संग २ – ० गोल अन्तरले पराजित भएको छ ।
नेपालको घरेलु मैदानमा मंगलबार साझ भएको खेलमा यमनले ७२ औं मिनेटमा ओमर अब्दुल अल दाहीको गोलमार्फत अग्रता लिएको थियो ।
दोश्रो गोल खेलको अन्त्यतिर मोहम्मद अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको जित सुनिश्चित गरे । दुबै गाेलकर्ता सब्स्टिच्युट खेलाडिकाे रुपमा मैदान प्रबेश गरेकाे थिए ।
यो खेलपछि समुह एच मा रहेका चार टिम मध्ये नेपाल मात्र अंकविहिन बनेको छ । दुबैटिमले पहिलो खेल हारेपनि यो जित संगै यमनले महत्वपुर्ण ३ अंक बटुलेको छ ।
पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो भने नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।