काठमाडौं । मंगलबार साँझ काठमाडौंको दशरथ रंगशालामा हुने विश्वकप छनोटको दोस्रो चरणको यमनसँगको खेलका लागि नेपालले प्लेइङ ११ सार्बजनिक भएको छ ।
सार्बजनिक भएको विवरण अनुसार यस अघिको खेलबाट ३ जना परिवर्तन गरेको छ ।
यसअघिको खेलमा बाहिर रहेका डिफेन्डर अनन्त तामाङ, दिनेश हेन्जन र ऐरिक विष्टले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
यस अघि चोटका कारण अनन्त टिम बाहिर थिए । मनिष डाँगी र आयुष घलान भने प्लेइङ ११ बाट बाहिरिएका छन् ।
नेपालको टिममा किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे रहेका छन् ।
खेल अहिले ७ बजे दशरथ रंगशालामा सुरु हुँदै छ ।