• शनिबार, साउन ९ २०८३

टिकटक प्रतिबन्ध बिरुद्धमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार


मंगलबार, मंसिर ५ २०८०
2.1K
Shares

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय बिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले सर्वोच्चमा परेका १० भन्दा बढी रिटमा माग गरिए अनुसार मन्त्रीपरिषद्को निर्णय बिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

२७ कात्तिकमा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय बिरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले प्रतिबन्ध गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

उक्त रिटहरुमाथि आगामी मंसिर १९ गते सर्वोच्च अदालतको संयुक्त इजलासमा पेश गर्न आदेश दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार