काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा उच्च अदालतबाट चार जना र कनुन व्यवसायीबाट दुइजना रहेका छन् ।
उच्च बाट शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान रहेका छन् भने कानुन व्यवसायीबाट बालकृष्ण ढकाल, सुनिल पोखरेल सिफारिस भएका छन् ।
सर्वोच्चमा अझै रिक्त रहेको एक सिट छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ ।