काठमाण्डाै । फिफा विश्वकप २०२६ को एसिया छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यमन संग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रंगशालामा आज बेलुका ७ बजे समूह ‘एच’ को दोस्रो खेलमा यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले दोश्रो चरणको पहिलो खेलमा युएइ संग ४–० अन्तरले पराजित भएकोले अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण छ।
फिफा वरीयतामा नेपालभन्दा १७ स्थान माथि रहेको यमन पनि पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएको थियो । पहिलो लेख हारेकाले दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
बरियतामा यमन १५६ औं तथा नेपाल १७३ औं स्थानमा छन् । नेपालले हालसम्म यमनसग खेलेकाे चार खेलमा विजय हासिल गर्न सकेकाे छैन ।सन् २०१७ को एएफसी कप छनोटमा गोलरहित बराबरी भएकाे थियाे ।
सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि नेपाली टीम तयार रहेको बताएका छन् ।
युएइ बहराइन यमन नेपाल गरी समुह एच मा चार टिम छन् चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनुका साथै विश्वकपको तेस्रो चरणमा पुग्नेछन् ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ ।