• शनिबार, साउन ९ २०८३

रुकुम पश्चिममा जिप दुर्घटना: २२ जना घाइते


सोमबार, मंसिर ४ २०८०
3.4K
Shares

काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ मा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार २२ जना घाइते भएका हुन् ।

घाइतेहरू सबैलाई उपचारको लागि चौरजहारी अस्पतालमा पठाइएको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । घाइते मध्ये सात जनाको अवस्था गम्भीर छ ।

जिप घटनास्थलबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार