काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजबाट सुनवाई हुँदैछ ।
गत कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध कानून व्यवसायीहरुले मंसिर १ गते शुक्रबार सर्वोच्चमा दायर गरेका १० वटा रिटको सुनुवाइ आजबाट हुन लागेको हो ।
शनिबार नियमित सार्बजनिक बिदा तथा आइतबार छठ पर्बका सार्वजनिक विदा भएकाले आज सोमबारलाई पेशी तोकिएको थियाे ।