• शनिबार, साउन ९ २०८३

एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि अस्ट्रेलियालाइ, फाइनलमा भारत ६ वीकेटले पराजित


आइतबार, मंसिर ३ २०८०
1.4K
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ ।

आइतबार राति भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा भेट्टायो । याे स‌गै अस्ट्रेलियाले सर्बाधिक छ पटक एकदिवसीय विश्वकपको उपाधि उचालेकाे छ ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले शतकीय पारि खेले । उनले एक सय बीस बल खेल्दै १३७ रन बनाए । त्यस्तै मार्नस लाबुसचेज्नले अविजित ११० बलमा चार चौकासहित ५८ रन बनाए ।

४७ रन हुदा ३ वीकेट गुमाइसकेकाे अवस्थालाइ हेड र लाबुसचेज्नले चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अग्रसर गराएका थिए । मिचेल मार्सले १५ रनको योगदान गरे ।

भारतका बलर जसपृत बुमराहले २ तथा मोहम्मद सामी र मोहम्मद सिराजले १–१ वीकेट हात पारे ।

खेलमा अस्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ्ग यरेको भारतले पुरा ५० ओभर खेल्दै सबै विकेट गुमाएर २४० रन बनायो । भारतका लागि केएल राहुल र बिराट कोहलीले अर्धसतक प्रहार गरे । राहुल ६६ तथा कोहली ५४ रनमा आउट भए ।

कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८ तथा कुलदिप यादवले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिंङ तर्फ अष्ट्रेलियका मिचेल स्टार्कले तीन विकेट लिए भने जोस ह्याजलउड र प्याट कमिन्सले समान दुइ–दुइ विकेट हात पारे । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाको नाममा समान एक–एक वीकेट रह्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार