• शनिबार, साउन ९ २०८३

विद्यार्थी बोकेको बस इलाममा दुर्घटना एकको मृत्यु ३६ घाइते


आइतबार, मंसिर ३ २०८०
1.4K
Shares

काठमाडौं । शैक्षिक भ्रमणमा इलामको कन्याम पुगेर फर्कदै गरेको बस रोङ गाउँपालिका– ३ मा दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ भने ३६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

धनुषाको जनकपुरबाट विद्यार्थी लिएर कन्याम पुगेर आइतबार साँझ कन्यामबाट फर्कने क्रममा ना ६ ख ८४२४ नम्बरको बस दुर्घटनामा परेको हो । बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा रहेको र उनि दुर्घनाहुदा उछिट्एिर रुखमा अड्किएको घटनस्थलमा उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगुले पुष्टि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार