• शुक्रबार, साउन ८ २०८३

एकदिवसीय विश्वकप क्रिकेट फाइनल: भारतद्धारा अस्ट्रेलियासामु २४१ रनको लक्ष्य प्रस्तुत


आइतबार, मंसिर ३ २०८०
2.3K
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाइ १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा अस्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।

भारतले पुरा ५० ओभर खेल्दै सबै विकेट गुमाएर २४० रन बनाएयाे । भारतका लागि केएल राहुल र बिराट कोहलीले अर्धसतक प्रहार गरे । राहुल ६६ तथा कोहली ५४ रनमा आउट भए ।

कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८ तथा कुलदिप यादवले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिंङ तर्फ अष्ट्रेलियका मिचेल स्टार्कले तीन विकेट लिए भने जोस ह्याजलउड र प्याट कमिन्सले समान दुइ–दुइ विकेट हात पारे । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाको नाममा समान एक–एक वीकेट रह्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार