• शनिबार, साउन ९ २०८३

टिकटक अझै चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह


आइतबार, मंसिर ३ २०८०
2.3K
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै टिकटक चलिरहेको भए जानकारी गराउन आग्रह गरेको छ ।

टिकटक बन्द गराउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको र अझै चलेको पाइए जानकारी गराउन प्रधिकरणले आग्रह गरेको हो ।

सरकारको टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनका लागि प्राधिकरणले प्राविधिक समिति पनि गठन गरेको छ । सो समितिललाइ ७ दिनभित्र टिकटक बन्द भए नभएको सम्बन्धमा अनुसन्धान गरी रिपोर्ट पेस गर्न कार्यादेश दिइएको छ ।

कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णय विरुद्ध सर्वोच्चमा परेका १० वटा रिटको सुनुवाई सोमबार हुँदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार