काठमाडाैं । नेपालीहरुकाे दाेस्राे ठूलाे चाड तिहार सकिएर छठ पर्वकाे राैनक बढेकाे छ । काठमाडाैँ सहित तराईका जिल्लाहरुमा छठकाे राैनक छाएकाे छ ।
छठ पर्वका लागि काठमाडौँकाे गौरीघाट झकिझकाउ पारिएकाे छ । गाैरीघाटलाइ झिलिमिली बत्ती र टेन्टले सजाइएकाे हाे ।
सूर्य आराधनाको पर्व छठ कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा सुरु हुने याे पर्बकाे मुख्य दिन यस बर्ष मंसिर ३ गते परेकाे छ । सरकारले छठ पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिएकाे छ ।
छठ पूजाका लागि देशभरका पोखरीका डिल, खाेला र नदी सिंगारिएका छन् । हेर्नुस काठमाडाैँ स्थित गुह्येस्वरीकाे झकिझकाउ दृष्य
तस्विरहरु : राजेन्द्र काेइराला / सिभिलखबर