• शनिबार, साउन ९ २०८३

प्युठानमा ४ दिनदेखि हराइरहेका आमा छोरा मृत फेला


शनिबार, मंसिर २ २०८०
1.6K
Shares

काठमाण्डौं । प्युठान जिल्लाको नौबहिनी गाउँपालिका–३ मा चार दिनदेखि हराइरहेका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ वर्षीया रीमा बुढामगर र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घरदेखि नजिकैको भिरमा रिमाको शब हिजो शुक्रबार राति फेला परेको थियो भने मुस्कानको शव आमाकोे शव भन्दा ४० मिटर तल शनिबार दिउसो फेला परेको प्रहरिले जनाएको छ ।

उनीहरु गत कात्तिक २७ गतेदेखि हराइरहेको जनाइएको छ तर शुक्रबारमात्रै माइतिबाट प्रहरिमा खवर पुगेको थियो । रिमाका श्रीमान कमल बुढा मगरले श्रीमती र छोरा हराएको बारेमा प्रहरीमा सूचना दिएका थिएनन्।

भिरबाट तल खरबारीको कान्लोमा फेला परेको आमाछोराको शरीरमा घाउखत रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

शव फेला परेको खरबारीको कान्लो उनिहरुको हिड्ने बाटो आसपासको क्षेत्र नभएकोले लडेर सो घटना भएकोमा प्रहरीको शंका छ ।

मृतकको शवको पोस्टमर्टम गरी शनिबार बेलुकी आफन्तलाई बुझाइएको छ भने घटनाको अनुसन्धानका लागि रिमाका श्रीमानलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार