काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापानले पुरै २० ओभर खेल्दै सबै विकेट गुमाएर ४६ रनमा सिमित बन्यो ।
नेपालका लागि संगीता राईले ४ ओभर बिलङ्ग गर्दै मात्र ६ रन खर्चेर ५ विकेट लिइन् त्यस्तै अस्मिना कर्माचार्य र पूजा महतोले समान २–२ विकेट हात पारे ।
जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिनु बाहेक अन्यले ३ रन भन्दा बढी जोड्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालका लागि रूबिना क्षेत्रीले ३८ रन, कप्तान इन्दु बर्माले २७ रन, काजल श्रेष्ठले नटआउट १५ रन बनाइन् भने पूजा महतोले १३ रनको योगदान गरिन् ।
बलिङमा जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक९एक विकेट लिए।
नेपाल जारि लिगको सुरुका दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल रह्यो उपाधिका लागि तान्जानिया र हङकङ विच खेल हुदैछ ।