Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
तनहुँ जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरूलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा राखिएकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरूको संख्या २०४ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।