• शनिबार, साउन ९ २०८३

टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने


शुक्रबार, मंसिर १ २०८०
2K
Shares

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनहरु माथि आगामी मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

टिकटक प्रतिबन्ध बिरुद्ध सर्वोच्चमा अदालतमा आठवटा रिट परेको छ । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ वटा रिट दर्ता भएको जानकारी दिए ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसंगै टिकटक नचल्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार