• शनिबार, साउन ९ २०८३

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुगे आधा दर्जन बढी रिट


शुक्रबार, मंसिर १ २०८०
1.5K
Shares

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा सात वटा रिट परेको छ ।

कानून व्यवसायीहरु टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरुद्ध रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात वटा रिट पुगिसकेको सर्वोच्च श्रोतले जानकारी दिएको छ । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसंगै टिकटक नचल्ने भएको छ ।

टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं अभिव्यक्ति स्वतन्त्रता हनन भएको जिकिर कानून व्यवसायिहरुको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार