काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ।
बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा नेपाल यूएईसंग पराजित बनेकाे हाे ।