• शनिबार, साउन ९ २०८३

उच्च पहाडी तथा हिमाली भू-भागमा तीन दिन हिमपातको सम्भावना


बिहिबार, कार्तिक ३० २०८०
1.5K
Shares

काठमाडौँ । तीन दिनसम्म देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हिमपातको सम्भावना रहेको छ।

त्यसैगरि भोलि शुक्रबार पनि  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपातको सम्भावना र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट सतर्क हुन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार