• शनिबार, साउन ९ २०८३

गोरखामा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी


आइतबार, जेष्ठ ३२ २०७७
910
Shares

गोरखा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले कोरोना संक्रमितको रोग प्रति रोधात्मक क्षमता बढाउन भन्दै बिभिन्न प्रकारका आयुर्वेदिक औषधी निशुल्क वितरण गरेको छ ।

गोरखा अस्पतालको आइसोलेसनमा रहेका १४ जना संक्रमितलाई खुवाउनका लागि केन्द्रले आइतबार सो औषधी जिल्ला अस्पताललाई हस्तान्तरण गरेको हो ।

केन्द्रले अश्वगन्धा चूर्ण १०० ग्राम, सुठो, पिप्ला, मरिच (त्रिकटु) चूर्ण १०० ग्राम, यष्ठिमधु चूर्ण १०० ग्राम गरी प्रति विरामी ३ फाइल वितरण गरेको वैद्य निरिक्षक राजन अधिकारीले जानकारी दिए ।

सो औषधीले बिरामीलाई थप संक्रमण हुन नदिनका लागि रोग प्रतिरेधात्मक क्षमता बढाउने अधिकारीले बताए । औषधी शक्तिवर्दक समेत रहेको उनको भनाई छ ।

आइतबार एक कार्यक्रमका बिच केन्द्रका प्रमुख डा प्रशान्त पण्डितले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा नविन थापालाई औषधी हस्तान्तरण गरेका हुन ।

साथै केन्द्रका प्रमुख डा. पन्डितद्वारा संक्रमितलाई नियमित सम्पर्क गरि स्वास्थ्य स्थितिको बारेमा जानकारी लिने र आबस्यक स्वास्थ्य सल्लाह समेत दिन थालिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार