पोखरा । पोखरा १७ बिरौटामा बुबा रामु क्षेत्रीलाई खर्पाले हानेर फरार रहेका छोरा रविन क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेकाे छ। बुबालाई खुर्पाले हानेपछि उपचारका क्रममा पाेखराकाे चरक मेमोरियल अस्पतालमा बुबा रामुकाे मुत्यु भएकाे थियाे ।
रविनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित नियन्त्रण लिएकाे हाे ।
२०८० कात्तिक २८ गते १२ बजेकाे समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा १७ बिरौटा गोधुली संसार पथ स्थित ५२ वर्षीय रामुलाई छोरा २२ वर्षीय रविन क्षेत्रीले खुर्पा प्रहार गरी घाईते बनाई फरार थिए ।
उक्त सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई घाईतेलाई उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएकोमा साेही दिन बेलुका ५ बजे रामुकाे मृत्यु भएकाे थियाे ।