• शनिबार, साउन ९ २०८३

वाणिज्य बैंकहरुले गरे नयाँ ब्याजदर सार्बजनिक, ब्याज घट्याे कि बढ्याे ?


बिहिबार, कार्तिक ३० २०८०
1.1K
Shares

काठमाडौं । मंसिर महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्बजनिक गरेका छन् ।

महिनाकाे अन्तिम दिन आज प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका हुन् ।

कात्तिकमा ९.९६४ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशतले घटेर ९.६३२ प्रतिशतमा झरेको छ।

त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.८५३ रहेकोमा ०.३०६६ प्रतिशतले घटेर ७.५४६ प्रतिशतमा झरेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ६ वाणिज्य बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले मात्र ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउने मध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ । एनआईसी एशियाले २.०३५ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८‍.९६८ प्रतिशत ब्याज दिने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार