पोखरा । गण्डकी प्रदेश भलिबल टीमका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । मंगलबार राती ११ बजे स्याङजाको वालिङ नगरपालिका केऔरे भञ्ज्याङबाट घर फर्कर्दै गरेको अवस्थामा उनको मोटरसाइकल दुर्घटनामा परेको हो ।
२२ वर्षिय वालिङ केऔरै भञ्ज्याङबाट वडा स्तरिय भलिबल प्रतियोगितामा सहभागी भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किर्दै थिए । सन्तोष चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका हुन् ।