गोरखा । उत्तरी गोरखाको चुम्चेतबाट व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
चुमनुव्री गाउपालिका वडा नं ६ चुम्चेतकी २५ बर्षिया पेमा छेटोन लामाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
हिजो बुधबारदेखि व्यथा लागेपनि सुत्केरी हुन नसकेपछि उनलाई आज बिहान करिब ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जानकारी दिए ।
उनलाई हेलिकोप्टर मार्फत उद्धार गरी काठमाडौँ स्थित थापाथलीमा रहेको प्रसुती गृह लगिएको प्रजिअ भुषालले बताए ।
गर्भवती महिलाका श्रीमान छेवाङ लामाका अनुसार हाल प्रसुती गृहमा उनको शल्यकृयाको तयारी भइरहेको सिभिलखबरलाई जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले लामाको उद्धार गरेको बताइएको छ ।
तस्विर: फाईल