• शनिबार, साउन ९ २०८३

न्युजिल्याण्डलाई हराउँदै विश्वकप क्रिकेटकाे फाइनलमा भारत


बिहिबार, कार्तिक ३० २०८०
1.6K
Shares

MUMBAI, INDIA - NOVEMBER 15: Mohammed Shami of India celebrates with teammates after dismissing Daryl Mitchell of New Zealand (not pictured) during the ICC Men's Cricket World Cup India 2023 Semi Final match between India and New Zealand at Wankhede Stadium on November 15, 2023 in Mumbai, India. (Photo by Darrian Traynor-ICC/ICC via Getty Images)

काठमाडौँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारत चौथोँ पटक फाइनलमा पुगेको छ ।

बुधबार राति सम्पन्न सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ्ग गरेको भारतले ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो । ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाउदै ३२७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डको ब्याटिङ्ग ध्वस्त बनाउन भारतका बलर मोहमद शामी नायक रहे उनि एक्लैले ले ७ विकेट लिए ।

यो जितसंगै भारतले पछिल्लो विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसंगै हारेको बदलासमेत लिएको छ ।

यो खेलमा भारतका बिराट कोहलीले वानडे क्रिकेटमा आफ्नो ऐतिहासिक ५०औं शतक पूरा गरे । उनि वानडे क्रिकेटमा ५०औं शतक पूरा गर्ने एक मात्र खेलाडि हुन् । उनि पछि भारतकै सचिन तेन्दुल्करले ४९ शतक प्रहार गरेका छन् ।

उनी वान डे क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । उनले यसक्रममा सचिन तेन्दुलकरको नाममा रहेको ४९ वान डे शतकको कीर्तिमानलाई उछिने । कोहली पछि श्रेयस अय्यरले ७० बलमा शानदार १ सय ५ रन बनाए ।

यसअघि दुई पटक सन् १९८३ र २०११ मा विश्वकप जितेको भारत आफ्नै मैदानमा तेश्रो पटक विश्वविजेता बन्न चाहान्छ । भारत यस अघि जम्मा चर पटक विश्वकपको फाइनलमा पुगेको थियो २००३ मा भारत उपविजेता बनेको थियो ।

भारत यस पटकको विश्वकपमा लयमा दखिएको छ, उसले समुहचरण देखिनै सबै खेल जितेको छ ।

दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेलमा विजयी हुने टोली संग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार