गोरखा । धादिङमा क्वारेन्टिनमा बसेकाहरुलाई आडीटी परिक्षण गरेर घर पठाइएका २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई धादिङकाे नीलकण्ठ नगरपालिकाले आरडीटी परीक्षण गरी घर पठाएको थियो ।
उनिहरुलाई गत शुक्रबार आडीटी परिक्षण गरेर घर पठाइएकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद बश्यालले सिभिलखबरलाई बताए ।
क्वारेन्टिनमा बसेकाहरु घर फर्केपछि उनिहरुकाे सम्पर्कमा पुगेका अन्य १७ जनामा काेराेना देखिएकाे र त्यसपछि कन्ट्राक ट्रेसिङ गरी पिसिआर जाँच गर्दा उनिहरु २३ जनामा समेत संक्रमण भेटिएकाे बश्यालले बताए ।
यसरी संक्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नं १, ४, ७ र १४ का रहेकाे प्रमुख प्रशासकिय अधिकृत बश्यालले सिभिलखबरलाई बताए ।
संक्रमित २३ जनाको परिवारका सबै सदस्यको पीसीआर परिक्षण गर्ने तयारी भइरहेकाे बताइएकाे छ ।
हाल उनिहरुलाई धादिङ्बेसीकाे आइसाेलेसमा चिकित्सककाे निगरानीमा राखिएकाे समेत उनले जानकारी दिए ।
यससंगै नीलकण्ठ नगरपालिका क्षेत्रमा ४१ र धादिङ जिल्लाभर ८३ जनामा संक्रमण पुष्टी भएकाे बश्यालले बताए ।
आरडिटी गरी घर गएकालाई संक्रमण देखिएसंगै धादिङ सदरमुकाम र आसपासका क्षेत्रमा जाेखिमसंगै त्रास बढेकाे छ ।