• शनिबार, साउन ९ २०८३

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


बुधबार, कार्तिक २९ २०८०
1.9K
Shares

काठमाडौँ । ललितपुरको टाखेलमा मोटरसाइकल अनियन्त्रिय भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार