• शुक्रबार, भाद्र १९ २०८३

नेपालमा आईतबार ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ सय ६० पुग्यो


आइतबार, जेष्ठ ३२ २०७७
970
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ४२५ कोरोना संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ महिलासहित ६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको प्रवक्ता गौतमले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार